चितवनः भरतपुर महानगरपालिका वडा नम्वर ९ केन्द्रीय बसपार्क नजिक मोटरसाईकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्वर ४ का २० वर्षिय भविश केसी रहेका छन् ।
पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ८२०८ नम्वरको ट्रकले गौरीगञ्जवाट राजमार्गतर्फ आउँदै गरेको ना १२ प ६७०३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक के सीको मृत्यु भएको हो । ट्रकको ठक्करवाट घाईते केसीको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । अन्य मोटरसाईकलको पछाडी सवार दुई जना भने घाईते भएका छन् ।
घाईते हुनेमा भरतपुर महानगरपालिका वडा नम्वर १ का १९ वर्षिय प्रशान्त अधिकारी र २२ वर्षिय शुसान्त अधिकारी रहेका छन् । घाईते मध्ये प्रशान्तको अवस्था गम्भिर रहेको छ भने शुसान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना वुधवार राति ९ः४५ वजे भएको हो ।
यसैविच कारागार कार्यालय भरतपुरमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखराका ५२ वर्षिय अर्जुन सुनार रहेका छन् । लामो समय देखि क्यान्सरका रोगका कारण उपचारलका लागि यहि जेठ ११ गते चितवन ल्याईएको थियो ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगी रहेका सुनारको वुधवार राती १० ः२० वजे मृत्यु भएको हो । मृतकको शव पोष्टमाटमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।