
चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” सुटुक्क गृहजिल्ला आउनु भएको छ । भोलि (बिहिवार) हुने नेकपा चितवनको चियापान समारोहमा सहभागि हुन भोलिनै आउने कार्यक्रम रहेको भए पनि उहाँपत्नि सिता दाहाल र कान्छि छोरी गंगा सहित आज ४ः२० वजेनै चितवन आउनु भएको हो ।
यति यएरलाईन्सको एनवाईटि १७६ नम्वरको जहाज मार्फत चितवन आउनु भएको हो । काठमाडौंमा भएको थकान मेटाउन र पारिवारीक माहोलमा वस्नका लागि दाहाल सुटुक्क चितवन आउनु भएको श्रोतले जनाएको छ । भरतपुर विमान स्थलमा ओर्लने वित्तिकै उहाँले भन्नुभयो “कसैलाई पनि खवर नगर्ने भनेको कसरी जानकारी पाउनु भयो ।”
नेकपा चितवनका अध्यक्ष यमवहादुर परियारको स्वागत ग्रहण गर्दै उहाँले थप्नुभयो “काठमाडौं हुँदाको थकाई मेटुम भनेर आझै आएको ।” उहाँको प्रतिउत्तरमा प्रदेश सभा सदस्य घनश्याम दाहालले भन्नुभयो “हामी महानगर नगएको भए जानकारी पाउन मुस्किल हुने रहेछ ।”
दाहालको आजको वसाई जगतपुरको जंगल भिल्लामा रहने छ । सो समयमा उहाँले पार्टीका कार्यकर्ताहरुलाई भेट्ने कार्यक्रम भने रहेको छैन ।