चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नम्वर २ बालकुमारी रोडवाट सात जना जुवाडे पक्राउ गरेको छ । उनीहरुको साथवाट रु ७८ हजार ५ सय ५ नगद वरामत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार तनहुँ घर भई हाल बालकुमारी रोडमा डेरा गरि वस्ने ३५ वर्षिय राजेश कुमार वि.क.को डेरावाट गएराती उनीहरुलाई पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता एकनारायण कोईरालाका अनुसार कोठामा जुवातास खेलिरहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारवाही गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !