चितवनः नेपाली काँग्रेस चितवनले भोलि (आईतवार) वृहत चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यस वर्षका लागि आईतवार गर्न लागेको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाको उपस्थितिमा नारायणी कला मन्दीमा हुन लागेको चिया कार्यक्रममा जिल्लावासीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । चाड पर्वमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले नेपालीहरुमा आत्मीयता साटासाट तथा सद्भाव कायम गर्न मद्धत पुग्ने श्रेष्ठले जानकारी दिनुभयो । विहान ८ वजे देखि सुरु हुने कार्यक्रममा सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई उपस्थितिका लागि आग्रह गरीएको छ ।

प्रतिक्रिया दिनुहोस !