चितवनः सनराईज वैंक लि. नारायणगढ, भरतपुर र कावासोती शाखाले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको हाकीमचोकमा रहेको भरतपुर शाखावाट सुरु गरेको प्रभातफेरी समृद्ध नेपालको सहयात्रामा सनराईज वैंक “हामी संग–संगै” भन्ने नाराका साथ सम्पन्न गरेको हो ।

वैंकको १२ औं वार्षिकोत्सवका अवसरमा आयोजीत प्रभातफेरी कार्यक्रम भरतपुरको हाकीमचोक, विधुत रोड, अस्पताल रोड, चौविसकोठी लायन्सचोक पुलचोक हुँदै नारायणगढ शाखामा आएर सम्पन्न भएको थियो । तीनवटा जिल्लामा यस वैंकका ४० हजार सेवाग्राहि रहेका छन् ।
वार्षिकोत्सव देशव्यापि मनाईरहेको यस वैंकको चितवनमा कृषि र विपन्न वर्ग कर्जालाई प्रथामिकता दिदै आएको भरतपुर शाखाका प्रमुख अर्जुन अर्यालले जानकारी दिनु भयो । अर्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा गरि कृषि र विपन्न वर्ग सहित अन्यक्षेत्रमा पाँच अर्व भन्दा वढि लगानी गरिरहेको छ ।
नेपाल सरकारवाट “क” वर्गको ईजाजत प्राप्त यस वैंकले आफ्ना सेवाहरुलाई अझै विस्तार गर्दै लैजाने लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो । प्रभातफेरीमा समृद्ध नेपाल निर्माणका लागि सहयोग भन्ने व्यानर र प्लेकाडको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !