चितवनः नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले माडीको विकासमा आफ्नो ध्यान केन्द्रित भएको वताउनु भएको छ । यस क्षेत्रको विकासका लागि आँफुले सरकार, निकुञ्ज र कर्मचारीहरु संग छलफल गरिरहेको वताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भूषालको पूर्णकदको शालिक अनावरण समारोहलाई संम्वोधन गर्दै उहाँले यस क्षेत्रको विकास संम्वेदनशिल, महत्वपूर्ण र चुनौतिपूर्ण रहेको वताउनु भयो । उहाँले भन्नुभयो “यस क्षेत्रको विकासका लागि कति चुनौति छ त्यतीनै महत्वपूर्ण रहेको छ । जसका लागि म निरन्तर लागिरहेको छु ।”
माडीको बिकास राष्ट्रिय राजनितिको एक हिस्सा भयको बताउदै उहाँले यसको सफलता संग आफ्नो जीवनको संघर्ष जोडीएको वताउनु भयो । उहाँले भन्नुभयो “माडीको विकामा असफलता भए राष्ट्रिय राजनिति र नेतृत्वमा समेत असफलता हुन्छ ।” आफूले निर्वाचनमा लियको संकल्प पुरा गरेरै छाड्ने उहाँको प्रतिवधता थियो । आँफुले निर्वाचनको समयमा माडीलाई मणी वनाउँछु भनेको स्मरण गर्दै उहाँले थप्नुभयो “मणी वन्ने प्रकृया सुरु भईसकेको छ ।”
यस क्षेत्रको बिकासका क्रममा सकारात्मक सुरू वात भैरहेको बताउदै उहाँले सबै समस्याहरू क्रमस हल गर्दै लैजाने बताउनु भयो । रिउ करिडोर माडीको बिकासको प्रमुख आधार भयको उहाँको भनाई थियो । यसका लागि ऐन संसोधन गरेर पनि सुरू गर्नै बताउदै अध्यक्ष प्रचण्डले ५ बर्षमा यी कामहरू हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमो वोल्दै उहाँले नेकपाको सरकार गठन संगै नेपाल र छिमेकी मुलुकको बिग्रीयको सम्बन्धमा नयाँ आयम कायम भएको वताउनु भयो । जसको फलस्वरुप २३ वर्ष पछि चिनीया राष्ट्रपतिको नेपाल भ्रमण तय भएको उहाँको भनाई थियो । शनिवार हुने चिनीया राष्ट्रपतिको भर्मण नेपालका लागी अत्यन्तै उच्च महत्वको हुने बताउदै उहाँले नेपालले यस बाट बहु आयामिक लाभ हासिल गर्ने बताउनु भयो । नेपाल, चिन र भारतमा यति बेला शसक्त र शक्तिशाली सरकार रहेको भन्दै अध्यक्ष प्रचण्डले यस्तो परिस्थितिमा हुन लागेको भर्णण केबल एक छिन आउने र जानेमा मात्र सिमित नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “चिनीया राष्ट्रपतिको भ्रमण यो विषयमा पनि महत्वपूर्ण छ की उहाँ आउँदा एक दिन भारतमा रहेर त्यहाँ पनि परामर्श गर्ने कार्यक्रम रहेको छ ।”
फरक प्रसंगमा वोल्दै अध्यक्ष प्रचण्डले सरकारको गएको एक वर्ष कानुन निर्माणमा वितेको वताउनु भयो । अव त्यही कानुनमा टेकेर जनतालाई विकास र सम्वृद्धिको आभाष दिलाउने उहाँको भनाई थियो । पार्टी एकताको सन्दर्भमा उहाँले एकताको बाँकी कामछिट्टै पुराहुने र पार्टीले अग्रगामी छलाङ् मार्ने वताउनुभयो । यसका लागि पार्टीले छिट्टै महाअभियान संचालन गर्ने तयारी गरीरेको वताउँदै उहाँले सम्पूण नेता कार्यकर्ता र सुभचिन्तकहरूलाइ आग्रह गर्नुभयो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले स्व. नेता दिवाकर भुसाल नेपालको कम्यूनिस्ट आन्दोलनलाई एकता बद्द बनाउन बिकस र समृद्दी हासिल र इमान नैतिकताको आदर्ष पुरुष रहेको वताउनुभयो । उहाँकै आदर्ष अनुसार सुरू भयको कम्यूस्ट आन्दोलनले बिसाल एकीकरण हासिल गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले स्वगिय दिवाकर भुषाल आफ्नो राजनितिको आदर्ष भयको बताउनुभयो । उहाले समाज र पार्टी लाइ छोडेर जानुभयको आदर्षलाइ ब्यावहारमा उतार्दै अगाडी बढ्दा मात्र उहाँ प्रति सच्चा सम्मान हुने श्रेष्ठको भनाई थियो । पार्टीको ऐकिकरण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उहाँले अब ऐकिकृत पार्टीका सारा शक्ती र सरकार रास्ट्र निर्माण लाग्ने भन्दै अब देशले छिट्टै बिकास र समृद्दीले गुणात्मक फड्को मार्ने बताउनुभयो ।
सभालाइ सम्बोधन गर्दै पार्टीका महासचिब बिष्णु पौडेलले स्व. भुषाल एक आदर्ष नेता मात्र नभएर कम्युनिष्टका धरोरहर रहेको वताउनुभयो । उहाँको आदर्षलाइ पुरागर्न सिड्गो पार्टी लाग्नु पर्ने उहाँको भनाई थियो । महासचिब पौडेलले अबको यूग बिकास र समृद्दीको यूग भयको बताउदै श्रद्ेय अध्यक्षेको नेतृत्वमा माडी मणी बनेरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला इन्चार्ज कृष्ण खनाल, माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल लगायतले स्व. भुसालको योगदान बारे चर्चा गर्नुभयको थियो । जिल्ला अध्यक्ष यमबहाहुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्मृती ग्रन्थ तयारीमा लाग्नु भएका पत्रकार नारायण प्रसाद सापकोटा, शालिक निर्माणमा लाग्नु भयका महानुभवहरूलाइ सम्मान गरियको थियो ।
यस अघि अध्यक्ष प्रचण्डले माडीको वघौडामा रहेको वघौडा अस्पतालको शल्यक्रिया भवन उद्घाटन गर्नु भएको थियो । भवनको उद्घाटन गर्दै अस्पताललाई १५ शैंयावाट ५० सैंया वनाउन पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !