चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १० मा रहेको चितवन कालिका मन्दीरमा एउटा अनौठो दृष्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पुजा भई रहेको छ । सोहि मन्दीरको छेउको भजनकृतन गर्ने कोठामा एकजना महिला दुवै हातमा र छातीमा जमारा राखेर भईमा सुति रहेकी छन् ।
मन्दीरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा झुल लगाईएको छ । झुल भित्र भरतपुर महानगरपालिका वडा नम्वर ९ शरदपुरकी ४० वर्षिया विष्णु ढकाल दशैंको नवदुर्गा सुरु भए देखिनै यसरी वसिरहनु भएको छ । उहाँलाई कुर्न र रेखदेख गर्नका लागि श्रीमान कृष्ण ढकाल वसिरहनु भएको छ ।
असोज १२ गते घटस्थापनाको दिन देखि उहाँ सो मन्दीरमा आएर निराहार देविको व्रत वस्नु भएको हो । श्रीमान कृष्णका अनुसार हिन्दु धर्मको रक्षा र राष्ट्र शान्तीका लागि उहाँ यसरी निराहार व्रत वस्नु भएको हो । यसबाट दैवी शक्ती प्राप्त हुने उहाँको विश्वास रहेको छ । पहिला देखिनै धर्ममा विश्वास गर्नुहुने विष्णुले विगत केहि वर्ष यता हस्त रेखावाट भविश्य वताउदैं आउनु भएको उहाँका श्रीमान कृष्णले वताउनुभयो ।
सोही कार्यको शिलशिलामा विगत पाँच वर्ष देखि उहाँमा निराहार व्रत वसेर आफ्नो हात र छातीमा उमारेको जमरा नवमीको दिनमा देवी मन्दीरमा चढाउने ईच्छा रहेको थियो । सोही ईच्छा अनुसार यस वर्ष उहाँले निराहार व्रत वस्नु भएको कृष्णले जानकारी दिनुभयो । यसरी उमारीएको जमरालाई नवमीको दिनमा दुर्गा मन्दीरमा चढाउने, दशमीको दिनमा लाख वत्ति वालेर व्रत तोड्ने कार्यक्रम रहेको छ ।
आफ्नो घर चलाउनका लागि सामान्य माछापालन गर्ने यस परिवारले धर्म प्रति निकै आस्था राख्दै आएको छ । यो व्रत वस्नु भन्दा दुई दिन देखि विष्णुले केहि नखाई वस्नु भएको श्रीमान कृष्णले वताउनुभयो । लामो समय सम्म निराहार व्रत वस्दा पनि विष्णुको शरिरमा खासै समस्या नदेखिएको उहाँले वताउनुभयो ।
घटस्थापनाका दिन उहाँको हात र छातीमा जौ र मकैको जमरा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस !