
चितवनः नारायणगढवाट काठमाण्डौ तर्फ जाँदै गरेको माईक्रोवस नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा आज दिउँसो सडक छेउको पिपलको रुखमा ठोक्कीदा १४ जना घाईते भएका छन् । ना ४ ख १३२१ नम्वरको माईक्रोवस अनियन्त्रीत भई ईच्छाकामना गाउँपालिका वडा नम्वर ४ जलविरेमा रुखमा ठोक्कीएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार दुर्घटनामा घाईते भएकाहरु मध्ये पुरानो मेडीकल कलेजमा ९ जना, चितवन मेडीकल कलेजमा ३ जना र नारायणी सामुदायीक अस्पतालमा दुई जनाको उपचार भईरहेको छ । उनीहरुको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
माईक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।