चितवनः नेपाल महिला संघ केन्द्रीय समितिले प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले पदवाट राजिनामा दिए पनि जनता सरह कारवाही गर्नुपर्ने जनाएको छ । महिला संघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष उमा रेग्मीले महराले पदवाट राजिनामा दिएर मात्र उन्मुक्ती पाउन नहुने वताउनु भयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “महराजीलाई सर्वसाधारण नागरिक सरह कारवाही हुनु पर्छ ।” पदीय मर्यादाको दुरुपयोग गर्दै रक्षक नै भक्षक भएको उहाँको आरोप थियो । पत्रकार सम्मेलनमा रेग्मीले पिडित महिलाले आँफुलाई १२ गते राति ११ः३० वजे रुदै फोन गरेर घटनाका बारेमा जानकारी गराएको बताउनुभयो । पिडित महिला संग भएको कुराकानीका केहि अंश सुनाउँदै उहाँले भन्नुभयो “श्रीमान नभएको समयमा नआउनु भन्दा भन्दै काम छ भनेर महराजी जानु भएको रहेछ ।”
पिडित महिलाले सभामुख महरावाट आँफु वलत्कृत भएको भन्दै फोन गरेको रेग्मीको भनाई थियो । त्यस लगत्तै आँफुले पार्टीका साथीहरुलाई बुझ्न लगाएको उहाँले वताउनु भयो । महरालाई सर्वसाधारण नागरिक सरह कारवाही नभए महिला संघले सडक संघर्ष गर्ने रेग्मीले चेतावनी दिनुभयो ।
लोकतान्त्रीक राज्यमा अन्याय र अत्याचारको अन्त्य हुनु पर्ने उहाँको माग थियो । नारिहरुलाई अहिलेको समाजमा पनि खेलौनाको रुपमा हेर्ने परम्पराको अन्त्य हुनु पर्ने रेग्मीले वताउनु भयो । महिलाको अस्मिता वचाउनका लागि संघ सधै अग्र स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । अहिले सम्म भएका यस्ता घटनाका दोशिलाई राज्यले उन्मुक्ति दिदै आएको उहाँको आरोप थियो । लोकतन्त्रको नाममा महिलाको आहुती मात्रै दिनु पर्छ भन्ने नभएको भन्दै उहाँले सत्यतथ्य छानविन गर्न सरकार संग माग गर्नु भयो । सरकार प्रति जनताको विश्वास रहने गरि काम गर्नु पर्ने उहाँको भनाई थियो ।
पिडित महिला संसदको सचिवालयमा नर्सको दरवन्दिमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !