चितवनः मिहानीले पहिलो वच्चा जन्माएको छ । हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले वच्चा जन्माएको हो । १४ वर्षीया हिमानीले भाले वच्चा जन्माएको केन्द्रले जनाएको छ । हात्तीले वच्चा जन्माउनुलाई महत्वपूर्ण उपलव्धिको रुपमा लिईन्छ ।
तालिम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार यस आर्थिक वर्ष लागेपछि पहिलो वच्चा असोज ६ गते हिमानीले जन्माएको हो । गत वर्ष निकुञ्जमा ५ वटा हात्तीका वच्चा जन्मिएका थिए । चौधरीका अनुसार यस वर्ष गण्डकी, तिर्थमान, देवि, कोशि र सिमसारकली गर्भिणी रहेका छन् । हात्तीले २२ देखि २४ महिनामा वच्चा जन्माउँछ । गर्भिणी रहेको सिमसार सौराहा र कोशि कली प्यारीढापमा रहेका छन् । अन्य सवै तालिम केन्द्रमा छन् ।
तालिम केन्द्रमा हाल ६ वटा साना वच्चा, तीनवटा ठूला वच्चा, सात वटा ठूला पोथि र पाँच वटा भाले गरि २१ वटा हात्ती रहेका छन् । निकुञ्जको तालिम केन्द्र, सौराहा, कसरा र अन्य पोष्टहरुमा समेत गरेर ६१ वटा हात्ती रहेका छन् ।