चितवनः नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोईरालाले देशमा नयाँ मण्डलेहरुको उदय भएको वताउनु भएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले जनताले आफ्ना विचार राख्न नपाउने, वोल्न नपाउने, केहि गर्न नपाउने पञ्चायत कालमा पनि नभएको भन्दै भन्नुभयो “मुलुकमा नयाँ मण्डलेहरुको उदय भएको छ । मण्डलेहरुलाई जवाफ दिन जरुरी रहेको छ ।”

देशमा अधिनायक वाद सुरु भईसकेको भन्दै उहाँले काङ्ग्रेसले यसको भत्र्सना गरेर मात्रै नहुने भन्दै कडा कदम चाल्न जरुरी रहेको वताउनु भयो । दुई तिहाईको आडमा अहिले कम्युनिष्टहरुले काङ्ग्रेस माथि हमला सुरु गरेको उहाँको आरोप थियो । कम्युनिष्टहरुले आफ्नो विचार पनि पोख्न नपाउने वनाई सकेको वताउनु भयो ।
काङ्ग्रेसका नेताहरु माथि भएका वरम्वारका आक्रमणहरुले यसलाई पुष्टि गरेको उहाँको भनाई थियो । सरकार र शक्तिको आडमा लोकतन्त्र माथि हमला सुरु गरिएको उहाँको जानकारी दिनु भयो ।

फरक प्रसंगमा वोल्दै उहाँले जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा उर्जा थपेको वताउनु भयो । नेता कोईरालाले उहाँले जागरण अभियानले कार्यकर्तामा उर्जा थपेको भन्दै यसलाई थप उचाईमा पुर्याउन जतिशक्दो छिटो महाधिवेशन गर्न आवश्यक रहेको वताउनु भयो ।
महाधिवेशन नभई काङ्ग्रेसमा उर्जा नथपिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “महाधिवेशन चाँडो भन्दा चाँडो हुन सकेन भने काङ्ग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।” काङ्ग्रेस अहिले दुई तिहाईको सरकार संग लड्ने समय भएको वताउँदै उहाँले थप्नुभयो “सडक र सदन तताउनु पर्छ । सडक तताउनका लागि नेविसंघ तरुणदल, महिला संघ दलित संघ जस्ता भातृ संस्थाको महाधिवेशन समयमानै गर्नु आवश्यक छ ।” अधिवेशन भएका स्थान र संस्थाहरुलाई संगाठनिक रुपले अघि वढाउन जरुरी रहेको छ उहाँले भन्नुभयो ।
पार्टी नेतृत्वको असक्षमताका कारण काङ्ग्रेस समस्यामा पर्न नहुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सवै क्षेत्रमा समयमानै नेतृत्व चयन गरौ । अव काङ्ग्रेस तदर्थवादमा चल्न सक्दैन ।”

प्रतिक्रिया दिनुहोस !