चितवनः नेपाली काँग्रेस चितवनले शनिवार दिउँसो भरतपुरको चौविसकोठीमा भएको घटना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ द्धारा जारी विज्ञप्तिमा शान्ति पुूर्णरुपले नागरिकको सभा, सम्मेलन र जुलुस मार्फत आफ्नो असहमति तथा मागहरु राख्न पाइने अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार कुण्ठित हुनेगरी सत्तारुढ पार्टीका भातृ संगठनका सदस्यहरुद्वारा भएको भन्दै यस्तो कार्य प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएईएको छ । विज्ञप्तिमा भनिएको छ “आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्न खोज्दा एक निहत्था नागरिक ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही माथिको संघातिक आक्रमणप्रति नेपाली कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।”


यस घटनाले १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायती शासन तथा २०६२ ÷६३ को जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुको त्याग, तपस्या र लाखौ जनताको बलिदानबाट आज संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त भई संवैधानिक सर्वोच्चता, कानुनी राज्य र मौलिकहकहरुको पूर्ण व्यवस्था भएको संविधान प्राप्ती खिल्ली उडाएको विज्ञप्तिमा जनाईएको छ । यसरी संविधानले प्रदान गरेको नागरिकहरुको अभिब्यक्ति स्वतन्त्रता तथा मौलिकहकको रक्षा गर्नु राज्यको दायित्व हुँदाहँुदै जिल्ला सदरमुकाम जस्तो संवेदनशिल ठाउमा यस्तो अपराधिक कार्य हुनु अत्यन्त निन्दनीय रहेको श्रेष्ठद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
हरेक व्यक्तिको विचारसंग सहमति असहमति दुवै राख्न पाइने भए पनि नागरिकका आवाजलाई हिंसात्मक ढंगबाट सत्ता र शक्तिको आडमा दमन गर्ने कार्यलाई नेपाली कांग्रेस चितवन लोकतन्त्रमाथिकै आक्रमण भएको ठहर समेत गरेको छ । यस्ता अराजक गतिविधिहरु तत्काल बन्दगरि उक्त घटनामा संलग्न दोषीहरुलाई तत्काल कानुनी कारवाहिको दायरामा ल्याउन समेत काँग्रेस चितवनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !