
चितवनः माडी नगरपालिकामा जंगली हात्तिको आक्रमणवाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्वर १ दौपतीकी ६२ वर्षिया कौसिमाया तामाङ् रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार राती ९ः४५ वजे घर नजिकै वाटोमा हिडिरहेको वेलामा हात्तिले आक्रमण गरेको थियो । आक्रमणवाट तामाङको घटनस्थलमा नै मृत्यु भएको हो । मृतक तामाङ्को शव पोष्टमाटमका लागि भरतपुर ल्याईदैछ ।