चितवनः जिल्लामा मानीस हराउने क्रम वढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा १ सय २१ जना हराएका छन् । ती मध्ये ६४ जना महिला, ३५ जना पुरुष, १० जना वालक र १२ जना वालिका रहेका छन् ।
हराएकाहरु मध्ये ७० जना फेला परेका छन् । फेला पर्नेमा ३९ जना महिला, १५ जना पुरुष, ७ जना वालक र ९ जना वालिका रहेका छन् । कार्यालयको तथ्याङ्कलाई हेर्नेहो भने जिल्लामा हराउनेको संख्यामा वढि संख्यामा महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लाबाट हराएका ७ सय २९ जना मध्ये ३ सय २५ जना महिला रहेका थिए । कार्यलयका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा हराएका मानिसहरु मध्ये २ जना वालिका मृत अवस्थामा भेटिएका छन् । गत आर्थिक वर्षमा ८ जना मृत अवस्थामा भेटिएका थिए ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा हराएका मध्ये १८ जनाको उद्धार गरिएको छ । उनीहरुलाई चितवन र वाहिरी जिल्लावाट उद्धार गरिएको प्रहरीको महिला सेलले जनाएको छ । हराएका मानीस नभेटिनुमा जिल्ला छाडेर अन्यत्र गएका एक थरि रहेका छन् । अर्का भेटिए पनि परिवारले प्रहरीलाई खवर नगरिदिदाँ हराउनेको संख्या वढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनु भयो । कोईरालालका अनुसार महिलाहरु दोस्रो विवहा गर्ने गरेका कारण पनि संख्या वढ्दो मात्रामा रहेको छ । घर ठेगाना भन्न नसक्ने वालवालिकाहरु घरवाट वाहिर गए पछि कसैको आश्रयमा वस्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !