चितवनः काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियान अन्तर्गत जिल्लाका विभिन्न क्षेत्रहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेसको जागरण अभियान अन्तर्गत जिल्लामा रहेको प्रदेश स्तरीय क्षेत्रहरुमा भातृ संस्था तथा पार्टीका विभिन्न तहहरुले अन्तरक्रिया तथा छलफल गरेको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनु भयो ।
जोशीका अनुसार प्रदश स्तरीय हरेक क्षेत्रमा भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधि तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले आगामि दिनमा काँग्रेसलाई अझै वलियो वनाएर लैजानु आवश्यक रहेको वताएका थिए । गाउँ तह सम्म भईरहेका भ्रष्टाचारले जनता आक्रानत वनेनको भन्दै उनीहरुले प्रतिपक्षिको भूमिका महत्वपूर्ण रुपमा खेल्नु पर्ने वताएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्वर २९ मा, काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगर, चनौली, माडी लगाएतका क्षेत्रहरुमा अन्तरक्रिया ताथ छलफल भएको उहाँले जानकारी दिनुभयो । दोस्रो चरणको जागरण अभियानको समापनका लागि काँग्रेस नेता वालकृष्ण खाँड चितवन आउने कार्यक्रम तय भएको उहाँले वताउनु भयो । असोज ७ गते हुने समापनलाई काँग्रेसले शक्ति प्रदर्शनको रुपमा लिएको वताउँदै आएको छ ।
यस कार्यक्रमलाई शशक्त र प्रभावकारी वनाउनका लागि पार्टीका सवै भातृ संस्था, सुभेच्छुक संस्था तथा सवै तहहरु क्रियाशिल भएर लाग्नु आवश्यक रहेको वताएका थिए । केन्द्रिय प्रतिनिधिहरु सहित भएका कार्यक्रमहरुमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोईराला, सचिव उत्तम जोशी, राजीप न्यौपाने, सहसचिव शुर्य अर्याल, प्रवक्ता निता ढकाल, पार्टीका पूर्व सभापतिहरु, पूर्व सांसदहरु, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, महिला संघ चितवनकी जिल्ला सचिव लक्ष्मि लामिछाने, प्रमे प्रभा क्षेत्री, तथा महाससमिति सदस्य एवं महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैविच काँग्रेस चितवनले असोज सात गने हुने प्रदर्शनका विषयलाई जानकारी दिनका लागि सोमवार १०ः३० वजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !