चितवनः भरतपुर महानगरपालिकाको वडा नम्वर २२ पटिहनी निवासी सोमलाल वोट दङ्ग हुदै हुनु हुन्थ्यो । उहाँको घर निर्माण सम्पन्न भए पछि महानगर प्रमुख रेनु दाहाल आएर गृह प्रबेशको कार्यक्रम तय भएको थियो ।
उहाँको टोलभरी दुई दिन अघिनै हल्ला गरिएको रहेछ । वोटको गृह प्रवेशको कुरालाई लिएर । हामी करिव २ वजे सो स्थानमा पुगेका थियौ । त्यहाँका जनसमुदाय नगर प्रमुखको प्रतिक्षमा रहेका थिए । हामी त्यहाँ पुगेपछि कुरा बुझ्ने चेष्टा गर्यौ । त्यस समयमा हामीले वुझ्यौ आखिर घरका लागि ५ लाख रुपैंया खर्च भएको रहेछ । तर ५० हजार रुपैंया केन्द्रिय सरकारले दिएको ५० हजार रुपैंया सहयोगमा निर्माण भएको सो घरका लागि महानगरले समन्वय मात्रै गरेको रहेछ ।
तर सो गृह प्रवेशका लागि महानगरको तामझाम अल्ली वढिनै देखिन्थ्यो । महानगर प्रमुख आउने भए पछि तामझाम त राम्रै गरिएको थियो । सोहि समयमा वोटले भन्नुभयो “हामीलाई पचास हजार दिईयो हाम्रो पाँचलाख खर्च भयो । यस्तो रमिता ।” महानगरले सघन शहरि विकास कार्यालय भरतपुर संग समन्वय गरि सुरक्षित नागरिक आवास गृह मार्फत रु ५० हजार वरावरको जस्ता, पाईप र दुई सुते रडको सहयोग गरेको रहेछ । दुई कोठे घर निर्माणका लागि सो रकम विनियोजन भएको रहेछ ।


महानगरको खरको छानो हटाउने कार्यक्रम अन्तरगत आयोजना गरिएको सो कार्यक्रममा करिव ५ लाख ५० हजार व्याक्तिगत खर्च गरेको वोटेको भनाई थियो । वोटेलाई दुई कोठे घरका लागि मात्रै रकम दिईने भनिएको रहेछ । उहाँले भन्नुभयो “हामीले दुई कोठाको लागि मात्रै हो भने काम गर्दैनौ भनेका थियौ । पछि आँफुले चाहेको थप्न पाउने भनियो । त्यसपछि सहयोग लियौ ।”
दुईकोठाको भवन निर्माण गर्न समेत अपुग हुने सो रकम सहयोग गर्ने निकायको भने त्यहाँ उपस्थिती भने देख्न पाईदैनथ्यो । महानगर प्रमुख दाहालले वोेटेको घरको गृहप्रवेशको काम पनि भयो । तर जनताको चाहना अकैं रहेछ ।
सो वडामा यस्ता घर २२ वटा वनेका छन् । यस्तै भरतपुर महानगरका वडा नम्वर १३ र २५ ले भने सो कार्यक्रम संञ्चालन समेत गर्न सकेनन् । यसका लागि आएको वजेट समेत फिर्ता भएको छ । जसका कारण महानगरपालिका कतिको जिम्मेवार रहेछ भन्ने विषयमा स्पष्ट देखिएको छ । कतै आँफुको हालिमुहाली देखाउनका लागि तामझामको काम भईरहेको छ । यसकारण नगरवासिले के अपेक्षा गर्ने ।
सो क्षेत्रमा २२ वटा घर निर्माण गरिदै छ । सो कार्यक्रम अन्तर्गत घरमा रहेको खर हटाएर सुरक्षित घर निर्माण गर्ने उदेश्य रहेको भए पनि घरधनीले रकम थप गरि व्लकको गाह्रो लगाएर तीनवटा कोठा निर्माण गरेका छन् । सो क्षेत्र वन्यजन्तुको जोखिममा रहेको क्षेत्र हो ।
घर प्रवेश संगै महानगर प्रमुख दाहालले महानगर भित्र खरको छानो हटाउने अभियान अन्तर्गत यस कार्यक्रम सुरु भएको भन्दै आउँदा वर्षहरुमा यस कार्यक्रमले निरन्तरता पाउने वताउनु भयो । कार्यक्रम वडा अध्यक्ष विष्णुराज महत्तोको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !