
चितवनः संविधान दिवसको अवसरमा कारागार कार्यालय चितवनमा रहेका तीन जना कैदीले आममाफि पाएका छन् । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार सजाय तोकीएका मध्ये ५० प्रतिशत कैद भूक्तान गरेका र अशल चालचलन भएकाहरुलाई आम माफि दिने प्रचलन रहेको छ ।
जसका लागि कार्यालयवाट पाँच जनाको नाम सिफारीस गरिएकोमा तीन जनाको नाम परेको हो । उहाँका अनुसार हेक वर्ष विशेष अवसरमा सरकारले आम माफि दिने गरेको छ । अहिले आम माफि पाउनेमा सवै सवारी ज्यान मुद्धाका रहेको काफ्लेले वताउनु भयो । आममाफि पाउनेहरुमा भरतपुर महानगरपालिका वडा नम्वर २१ का सचेत ढकाल, नवलपरासीको देवचुलीका उमाकान्त न्यौपाने र मध्यविन्दुका शेर वहादुर थाम्वा रहेका छन् ।
कारागार कार्यालय चितवनमा क्षमता भन्दा वढि वन्दी कैदी रहेका छन् । पुरुष तर्फ २ सय ५५ जनाको क्षमता र महिला तर्फ २५ जनाको क्षमता रहेको कारागारमा अहिले पुरुष ७ सय ३५, महिला ६५ र नावालक २ जना रहेका छन् ।