xचितवनः काँग्रेस चितवननका प्रतिनिधिहरुले संविधानको संरक्षण गर्ने जिम्मेवारी काँग्रेसका काधमा आएको वताएका छन् । प्रदेका सवै क्षेत्रमा आयोजित संविधान दिवस विशेष कार्यक्रममा वोल्ने काँग्रेसका प्रतिनिधिहरुले अहिलेको संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसको काँधमा आएको वताएका हुन् ।
संविधान कार्यान्वयनका विषयमा सरकार सचेत नहुदाँ यसको जिम्मेवारी काँग्रेसमा आएको उनीहरुको भनाई थियो । काँग्रेसको नेतृत्वमा जारि भएको संविधिान कार्यान्वयनको जिम्मेजवारी पनि काँग्रेसको हातमा रहेको भन्दै उनीहरुले अहिलेको सरकार सजम्मेवारीवाट पन्छिन खोजेको आरोप लगाएका थिए । काँग्रेस सचितवनका सचिव उत्तम जोशीका अनुसार जिल्लाका सवै प्रदेश स्तरीय क्षेत्रमा भएका कार्यक्रमहरुमा वोल्ने वोक्ताहरुले सरकार संविधान कार्यान्वयनको तर्फ जिम्मेवार नभएको वताएका हुन ।

सरकार जिम्मेवार नवनेका कारण संघियता कार्यान्वयनमा समेत समस्या आयने उनीहरुको भनाई थियो । काँग्रेसको नेतृत्वमा जरि भएको संविधान कार्यान्वयनका लागि काँग्रेसका अम जनता जागरुक हुनु पर्ने उहाँहरुको भनाई थियो । सचिव जोशीका अनुसार संविधान प्राप्त अधिकार जनताले पाउन नसकेको भन्दै उनीहरुले यसका लागि प्रतिपक्षी काँग्रेस सजग हुन आवश्यक रहेको वताएका थिए । गिरीजाको त्याग र शुशिलको वलिदान वाट प्राप्त संविधान कम्युनिजमको नाममा संविधान कार्यान्वयन गर्न नखोजेको आरोप उहाँहरुको थियो ।
संविधान विरोधि शक्तहरुलाई सहमतिमा ल्याउनु अहिलेको सरकाको दायीत्व रहेको उहाँहरुको भनाई थियो । जिल्लमा रहेका ६ वटा प्रदेशका विभिन्न स्थानमा संविदान दिवश विशेष कार्यक्रम सम्पन्न गरिएको संविधान विशेष कार्यक्रममा केन्द्रिय प्रतिनिधि सहित जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !