चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको परिवर्तनलाई उल्टाउनका लागि केहि शक्तिहरु लागि परिरहेको वताउनु भएको छ । नेकपा प्रदेश नम्वर तीनका अध्यक्ष नारायण दाहालका पिता स्व. कुल प्रसाद दाहालको नवौ दिनको दिन आज उहाँकै निवास भिमशेननगरमा नेकपा चितवनले आयोजना गरेको शोक सभामा वोल्दै भन्नुभयो “पहिला शक्तिमा रहेर शासन गरेकाहरु शक्ति च्यूत भए पछि फेरी शक्तिमा वस्न पाए हुन्थ्यो भन्दै चलखेल सुरु गरेका छन । तर कसैले चाहेर परिवर्तन उल्टिदैन ।”
अहिलेको परिवर्तनको रक्षा नेकपाले वाहेक अरुले गर्न नसक्ने वताउनु भयो । उहाँले देशमा संघियता र गणतन्त्र कम्युनिष्ट आन्दोलनको वलमा आएको वताउनु भयो । यो परिवर्तनको रक्षा र सम्वृद्धिको यात्रा कम्युनिष्टले वाहेक अरुले गर्न नसक्ने उहाँको भनाई थियो ।
पार्टी भित्रको आन्तरिक विषयलाई आत्मसमिक्षा गर्दै संघियता कार्यान्वयनलाई केन्द्रबिदुमा राखेर काम गर्नु आवश्यक रहेको उहाँले वताउनु भयो । अहिले सरकारले नेपालका विषयमा नेपालीले निर्णय गर्न सक्ने गरि परराष्ट्र नीति ल्याउन लागेको उहाँको भनाई थियो । जनताले राजनैतिक परिवर्तन संगै विकास र संम्बृद्धि चाहेको भन्दै उहाँले भन्नुभयो “जनताको चाहना अनुसार सरकारले नीति तथा कार्यक्रम वनाउँदै आएको छ ।”
उहाँले पार्टी भित्रको एकता वलियो नभए परिवर्तन उल्टन सक्ने भन्दै पार्टी भित्रको एकता मजवूत वनाउँदै लैजानु आजको आवश्यकता रहेको वताउनु भयो । उहाँले भन्नुभयो “पार्टीको एकताका काम तीन महिनामा सक्ने भनेका थियौ, पन्ध्र महिना पुग्यो । यसका लागि माफ माग्छौ । अव यो गुट उगुट नभनि सवै समाजवादको यात्रामा सहभागि वनौ ।”
कार्यक्रममा वोल्दै नेकपाका पोलिटव्यूरो सदस्य अग्नि सापकोटाले कम्युनिष्टका मूल्य मान्यता डगमगाउने समयमा दाहालको निधनले फेरी एकठाउँमा भएर सोच्न वाध्य वनाएको वताउनु भयो । उहाँले भन्नुभयो “स्व.दाहाल अध्यक्ष प्रण्डका मात्रै गुरु नभएर सवैका गुरु हुनुहुन्थ्यो । उहाँको सम्मानका लागि देशलाई सम्बृद्ध वनाउन आवश्यक छ ।” सो अवसरमा नेकपा प्रदेश नम्वर तीनका अध्यक्ष नारायण दाहालले वुवाको प्रेरणका कारण देशमा आमुल परिवर्तनको नेतृत्व गर्न सकेको वताउनु भयो । अहिले परिवारको अभिभावक गुमेको भए पनि जनताको सद्भावले एक्लो महशुस नगरेको उहाँको भनाई थियो ।
त्यसै गरि नेकपा प्रदेश सचिव आनन्द पोख्रेलले मुलुकलाई सम्बृद्ध वनाउन सकेमा मात्रै स्व. दाहालको सपना पुरा हुने वताउनु भयो । यसका लागि पार्टी दृढ संकल्पका साथ अघि वढेको उहाँको भनाई थियो । नेकपा चितवनका अध्यक्ष यमवहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
स्व. कुलपसाद दाहालका चार छोरा एक छोरी हुनुहुन्छ । सवै नेकपाको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।