
चितवनः सोमवार रातिदेखि परेको वर्षाका कारण खोलाहरु बढेपछि भरतपुर–माडी–ठोरी सडक अवरुद्ध भएको छ । सडकमा पर्ने अधिकांश खोलाहरुमा बाढी आए पछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नम्वर ९ मा रहेको बगई र घाँगर खोला बढेपछि सडक अवरुद्ध भएको हो । त्यसै गरी माडी नगरपालिका वडा नम्वर ८ को खरकट्टा र रिउ खोला बढेका छन् । सडकमा पर्ने अधिकांश खोलाहरुमा पानीको बहाव बढेपछि भरतपुर र माडी–ठोरी यातायात सम्पर्क विच्छेद भएको छ । जसका कारण माडी र ठोरी वासि प्रभावित भएका छन् । अत्यावश्यक काम समेत रोकीएको छ ।
माडीमा खहरे खोलाहरु भएकाले बर्षात संगै खोलाहरुमा बाढी आउने गर्दछ । विहान करिव ७ वजे वाट सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।