चितवनः कारागार कार्यालय भरतपुरमा रहेका कैदी वन्दीको उपचारका लागि रु २५ लाख ५० हजार रकम विनियोजन गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारमा रहेका कैदी वन्दीहरुको उपचारका लागि सो रकम विनियोजना गरेको हो ।
यस कारागारमा दिर्घ रोगिहरु १ सय १२ जना रहेका छन् । उनीहरुको उपचारका लागि सो रकम विनियोजन गरिएको हो । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार हाल कारागारमा मधुमेहका ५५ जना, उच्च रक्तचापका ४३ जना, क्यान्सरका ७ जना, एच आईभि एड्सका ४ जना, मानसिक रोगि २ जना र कुष्ठ रोगि १ जना रहेका छन् ।
उनीहरुको उपचारका लागि खर्च गर्ने गरि सो रकम विनियोजन गरिएको हो । चितवन स्वास्थ्य नगरीको रुपमा विकास भईरहँदा केन्द्रिय कारागार पछि उपचारका लागि यस कारागारमा पठाउने गरिन्छ । जिल्लामा एक केन्द्रिय स्तरको अस्पताल, दुईवटा ठूला मेडीकल कलेज, क्यान्सर अस्पताल र अन्य २० भन्दा वढि स–साना अस्पतालहरु रहेका छन् । जसका कारण उपचारका लागि प्राय कैदी वन्दीहरुलाई चितवन पठाउने गरिन्छ ।
यस आर्थिक वर्ष सुरु भए संगै यहाँ क्यान्सरका सात जना विरामी कैदी वन्दी उपचारका लागि पठाईएको छ । गत आर्थिक वर्षमा उपचारका लागि रु ३७ लाख ५० हजार पठाईएकोमा सो रकम उपचारका लागि अपुग भएको थियो । यी रोग वाहेक अन्य रोगको संक्रमण फैलन नदिनका लागि पनि कारागरले कैदी वन्दीहरुको नियमीत स्वास्थ्य परिक्षण गर्ने गरेको छ ।
विशेष गरि कारागार कार्यालयमा उपचारका लागि छिमेकी जिल्ला नवलपुर, मकवानपुर, पर्शा, गोर्खा, लम्जुङ् लगाएतका जिल्लाहरुवाट उपचारका लागि यस कारागारमा पठाउने गरेको काफ्लेले वताउनु भयो । उहाँले भन्नुभयो “विरामी कैदी वन्दीको रोजाई केन्द्रय कारागार पछि यस कारागार वन्ने गरेको छ ।” केहि वर्ष अघि सम्म उपचार खर्चका लागि भनेर विभागले रु २ लाख मात्र पठाउने गरेको थियो । अहिले रकम वढाएको हो उहाँले भन्नुभयो ।
उपचारका लागि आएका कैदी वन्दीहरुको उपचार पछि फर्केर जान नचाहने भएका कारण कैदी वन्दीको चाप पनि वढ्दै गएको छ । २ सय ५५ जना पुरुष र २५ जना महिला कैदी वन्दीको क्षेमता रहेको यस कारागारमा हाल ७ सय २७ जना पुरुष र ६५ जना महिला कैदी वन्दी रहेका छन् । उनीहरु संग आश्रीत दुई वालवालीका पनि कारागारमा रहेका छन् ।
अहिले यस कार्यालयले ६ सय जना पुरुष र ५० जना महिलालाई व्यवस्थि तगर्न सक्ने भए पनि कैदी वन्दीको चापका कारण व्यवस्थापनमा कठिनाई भएको काफ्लेले वताउनु भयो ।
कारागारकी कैदीले वच्चा जन्माईन
कारागार कार्यालय चितवनमा कैद सजाय भोग्दै आएकी एक महिलाले वच्चा जन्माएकी छन् । गत ३ महिना अघि लागुऔषध कारोवार गरेको अभियोगमा पक्राउ परि कैद भूक्तान गर्दै गरेकी २८ वर्षिय अञ्जु गुरुङ्ले भरतपुर अस्पतालमा छोरीको जन्म दिएकी हुन ।
कार्यालयका प्रमुख काफ्लेका अनुसार उनले भदौ २८ गते शनिवार छोरीको जन्म दिएकी हुन । जिल्ला अदालत चितवन वाट लागुऔषध मुद्धामा पाँच वर्ष कैद सजाय पाएकी उनी अहिले अस्पतालको आईसियुमा उपचार रत रहेको उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !