चितवनः नेपाली काँङ्ग्रेस चितवनले दोस्रो चरणको अभियान अन्तर्गत जिल्लामा रहेका प्रतिनिधि सभाका सवै क्षेत्रमा क्षेत्रीय समितिहरु संग अन्तरक्रिया सम्पन्न गरेको छ । काँङ्ग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार प्रतिनिधि सभाका तिनै क्षेत्रमा क्षेत्री समितिको छलफल, स्थानी निकायका प्रतिनिधिहरु संगको छद्धलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
छलफलका क्रममा स्थानीय तहहरुवाटनै प्रतिपक्षी संग समन्वय नगरी काम गरेको पाईएको उहाँको भनाई थियो । निर्वाचन पछि केन्द्र सरकार जस्तै गरि प्रतिपक्षीहरुलाई वेवास्ता गरि काम गर्न खोजिएको पाईयो उहाँले भन्नुभया्े । काँग्रेसवाट निर्वाचित जनप्रतिनिधिहरु एक ढिक्का हुन नसक्दाको परिणाम स्वरुप यो अवस्था आएको उहाँले वताउनु भयो ।
काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत असहिले जिल्लामा रहेका प्रतिनिधि सभा अन्तर्गतका प्रदेश क्षेत्रीय समितिहरु संग छलफल र त्यकाँको वस्तुस्थिति वुझ्ने काम भईरहेको छ । आज क्षेत्र नम्वर तीनमा जनप्रतिनिधि र वडा सभापतिहरु संग वस्तु स्थिति वुझ्ने, एक मा प्रदेश समितिहरुको वैठक र दुईमा नगर स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज भएका छलफलहरुवा आएका कुराहरुलाई मध्यनगर गदैं काँग्रेस चितवनले आफ्ना जनप्रतिनिधिहरु लाई आफ्नो धारणावाट पछि नहट्न र आवश्यक पर्दा जिल्ला पार्टी संगै रहेको जानकारी गराएको सचिव जोशीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !