
चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनैतिक परिवर्तनका निम्ति स्व.कुल प्रसाद दाहालको अतुलनिय भूमिका रहेको वताउनु भएको छ । आफ्ना ठूला वुवा समेत रहनु भएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धान्जली पछि पत्रकारहरु कुराकानी गर्दै उहाँले न्याय पूर्ण समाजका निम्ति आँफुहरुलाई उत्प्रेरीत गर्ने गरेको वताउनु भयो ।
आफ्ना गुरु वा समेत रहनु भएका दाहालको संम्झना गर्दै उहाँले भन्नुभयो “वुवाको योगदान निकै ठूलो छ । मानिसहरुले वाहिरवाट हेर्दा झट्ट नदेखिने तर वुवाले परिवारका सवै सदस्यहरुलाई राजनीतिमा संगठित वनाएर लैजान महत्वपूर्ण भूमिका खेल्नु भयो ।” पञ्चायत विरोधि आन्दोलनका समयमा आफ्नो घरलाई पार्टीको मुख्यालय वनाएको भन्दै उहाँले त्यहि घरमा पार्टीका वैठक र राजनैतिक प्रशिक्षणहरु हुने गरेको वताउनु भयो ।
पहिला किसान मोर्चाको र पछि पार्टीको सदस्यको रुपमा रहेर सवै छोराछोरीलाई राजनीतिमा परिचालन गरेको भन्दै उहाँले ठूलो वुवाको मृत्यु वरण सहज हुनुमा जीवन भरको मेहेनत रहेको वताउनु भयो । अध्यक्ष दाहालले पार्टी र आफ्नो तर्फवाट श्रद्धान्जली पनि अर्पण गर्नु भयो । स्व. दाहालका छोरा नारायण दाहाल नेकपा प्रदेश नम्वर तीनका अध्यक्ष हुनुहुन्छ । दाहालको भरतपुर महानगरपालिका वडा नम्वर ७ मा मंगलवार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।
उहाँका ४ छोरा र दुई छोरी रहनु भएको छ । श्रीमतीको यसअघि नै निधन भईसकेको छ ।श्रद्धान्जलीका लागि प्रदेशमा मन्त्रीहरु, प्रदेश सांसदहरु लगाएतको उपस्थिति रहेको थियो ।