चितवनः पर्यटन वर्ष नजिकिदै गर्दा जिल्लामा होटल रेष्टुरेन्टहरु खुल्ने क्रम तिव्र रहेको छ । विभिन्न समुह तथा व्याक्तिहरुले पर्यटन व्यवसायमा लगानि गर्न लागेका छन् ।
देशमा रहेका तथा विदेशमा रहेका व्याक्तिहरुको लगानिमा होटलहरु खुल्नेक्रम जारी रहेको छ । यसै क्रममा भरतपुरको हाकिमचोकस्थित बोस्टन रोडमा होटल मुन स्टार सञ्चालनमा आएको छ । जापानमा लामो समय होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दै आउनु भएका रामप्रसाद गैरेले यहाँ होटल सञ्चालन गर्नुभएको हो ।


भरतपुर महानगरपालिका वडा नं. ९ स्थित बोस्टन रोडमा सञ्चालनमा आएको उक्त होटलमा १५ कोठामा २५ जनालाई आरामदायी बासको व्यवस्था रहेको छ । सुविधासम्पन्न कोठाको प्रतिरात नास्ता (ब्रेकफास्ट) सहित न्यूनतम दुई हजारदेखि तीन हजार रुपैयाँ शुल्क पर्ने उहाँले जानकारी दिनुभयो ।
जापानमा विगत १३ वर्षदेखि रेष्टुरेण्ट सञ्चालन गर्दै आउनु भएका गैंरेले यहाँ होटलसँग रेष्टुरेण्ट पनि सञ्चालन गर्नुभएको हो । दुई कठ्ठा क्षेत्रफलमा बनेको उक्त होटलमा पर्याप्त पार्किङको व्यवस्था हुनुका साथै मिटिङ र १५० जना क्षमताको सेमिनार हलको समेत व्यवस्था रहेको छ ।
गैरेका अनुसार होटलमा हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जापानमा नौ वटा रेष्टुरेण्ट सञ्चालन गरेको बताउँदै उहाँले नेपालको पहिलो र आफ्नो जीवनको दशौं होटल तथा रेष्टुरेण्ट मुनस्टार भएको बताउनुभयो ।
होटलमा फाईभस्टार होटलमा काम गरिसकेका सेफ रहेको बताउँदै उहाँले नेपाली, इण्डियन, चाईनिज, कन्टिनेश्टलका साथै जापानिज खानाका परिकार पाईने बताउनुभयो । होटलसँगै रेष्टुरेण्ट एण्ड बार पनि सञ्चालन रहेको छ । जहाँ स्वादका पारखिहरुका लागि विभिन्न परिकारहरु पाईन्छन् ।
होटलको बुधबार प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । औपचारिक उद्घाटन अघि नै होटलमा धमाधम बुक भईरहेको गैरेले जानकारी दिनुभयो । चितवन पर्यटकका दृष्ट्रिले तेस्रो जिल्लाको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !