चितवनः नेपाली काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियानका लागि आफ्नो तयारी सुरु गरेको छ । काँग्रेस चितवनको आज वसेको वैठकले यहि भदौ २४ गते १ सय ६ औं विपि जयन्तीको अवसरवाट हुन लागेको दोस्रो चरणको जागरण अभियानको तयारी अन्तर्गत प्रदेश स्तरीय निर्वाचन क्षेत्रका लागि पार्टीका जिल्ला नेताहरुलाई जिम्मेवारी तोक्ने, प्रचार प्रसार समिति गठन गर्ने र अभियानका क्रममा गरीने कार्यक्रम समेत तय गरेको छ ।
काँग्रेस चितवनका सचिव उत्तम जोसीका अनुसार असोज सात गने सम्म संञ्चालन हुने सो अभियानका लागि चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर १ प्रदेश (क)मा जिल्ला सह सचिव सुर्य अर्याल, (ख)मा जिल्ला सचिव राजिव न्यौपाने, प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश (क)मा जिल्ला सचिव उत्तम जोशी, (ख)मा प्रवक्ता निता ढकाल, प्रतिनिधि सभा क्षेत्र नम्वर ३ प्रदेश (क)मा जिल्ला कोषाध्यक्ष शंकर कडेंल, (ख)मा जिल्ला उपसभापति कैलाश कोईरालालाई जिम्मा लगाएको छ । अभियानका क्रममा प्रदेश क्षेत्रमा तीन सय युवालाई अहिले सम्मका आन्दोलन र यसवाट प्राप्त उपलव्धि, विपिको विचार लगाएतका विषयमा जानकारी गराउने, नागरिक सम्वाद कार्यक्रम गर्ने, युवा केन्द्रित विशेष सम्वाद, अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्धन्द्ध पिडितहरु संघ घरदैलो , नयाँ सदस्यता वितरण, स्थानीय तहहरुको दुई वर्षको समिक्षा लगाएतका रहेको उहाँले जानकारी दिनु भयो ।
सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न वैठकले जागरण अभियानको प्रचार प्रसारका लागि काँग्रेस जिल्ला सदस्य डा. ईश्वरी लौडारीको संयोजकत्वमा पाँच सदसिय उपसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा नेपाल प्रेस युनियन केन्द्रिय सदस्य सृजना अर्याल, जिल्ला अध्यक्ष अनिल ढकाल, शिक्षक संघका पूर्वा जिल्ला अध्यक्ष ध्रुर्व पोख्रेल र पार्टी कार्यालयका मुख्य सचिव दुर्गा गैरे रहनु भएको छ ।
जागरण अभियानमा महंगि, भ्रष्टाचार, अलोकतान्त्रीक विधेयक, कम्युनिष्ट सरकारको कुशासन वढ्दो महिला हिंसा, वलत्कार र हत्या लगाएतका विषयमा केन्द्रित हुने श्रेष्ठले जानकारी दिनु भयो । जिल्ला स्तरमा स्थानीय तहहरुले गरेको कर वृद्धि देखि विकास निर्माणका क्रममा भएका अनियमितताका विषयमा पनि छलफल हुने सचिव जोशीले जानकारी दिनु भयो । अभियान भदौ २४ गते जिल्लाका सवै प्रदेशका क्षेत्रहरुमा एकै पटक उद्घाटन हुने छ । एउटा क्षेत्रमा १ सय ६ वटा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ । अभियानको उद्घाटन अघि भोलि जिल्लाका पूर्व पार्टी सभापति, पदाधिकारी, माननीय, पूर्व माननियहरु संग छलफल गर्ने कार्यक्रम रहेको छ । विहान ११ वजे वाट सुरु हुने छलफलमा भावि कार्यक्रमलाई कसरी अगाडी वढाउन सकीन्छ भन्ने विषयमा केन्द्रित हुने छ । केन्द्रको निर्देशक अनुसार गर्न लागिएको सो अभियानलाई सफल वनाउनका लागि काँग्रेस चितवनले जिल्लाका सवै नेताहरुलाई आ आफ्नो क्षेत्रमा सक्रिय रुपमा सहभागि हुनका लागि समेत आव्हान गरेको छ ।
जिल्ला सभापति श्रेष्ठका अनुसार जिल्लामा समापनको दिन विरोध प्रदर्शन सहितको कार्यक्रम हुने छ । नेपाली काँग्रेसले पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गते देखि जेठ २५ गते सम्म देशव्यापी रुपमा सम्पन्न गरेको थियो ।