
चितवनः नेपाली काङ्ग्रेसले आफ्नो संरचनालाई राज्य पुनः संरचना अनुसार नेपाली काङ्ग्रेस चितवनले प्रतिनिधि सभा क्षेत्र नम्वर अनुसारका प्रदेश समितिको सभापतिहरु चयन गरेको छ । भदौ १८ गते देखि आज सम्म गरेर जिल्लाका तीन क्षेत्रमा प्रदेश क्षेत्र गठनको प्रकृया टुङ्गाएको हो ।
जस अन्तर्गत क्षेत्र नं.१ प्रतिनिधि सभा क्षेत्र अन्तर्गत १ (क)मा देवेन्द्र लामा र १ (ख)मा सुजन थापा, क्षेत्र नम्वर २ (क)मा टंकनाथ पौडल र क्षेत्र न.२(ख) प्रदेश सभा कार्य समितिको सभापतिमा डा.गुणराज क्षेत्री सर्बसम्मत चयन गरेको छ । यस्तै ३ प्रतिनिधि सभा क्षेत्र अन्तर्गत प्रदेश सभा (क) को सभापतिमा अमृत बानियाँ र प्रदेश सभा (ख) को सभापतिमा लालवहादुर दवाडी चयन गरेको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनु भयो । जोशीका अनुसार सवै क्षेत्रहरुमा सर्वसहमत समितिको सभापति चयन गरिएको हो ।
काँग्रेसको केन्द्रिय समितिको परिपत्र अनुसार काँग्रेस चितवनले साविकका निर्वाचन क्षेत्रहरुलाई समायोजन गर्दै आफ्नो संरचना निर्माणका कामलाई अघि वढाई रहेको छ । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार स्थानीय तह पार्टी संरचना समायोजन अन्तरिम निर्देशीका २०७६ कार्यान्वयनका क्रममा आगामि दिनमा स्थानीय तह र वडा तहमा काम हुने छ । केहि समय अघि प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रीय सभापतिहरु चयन गरिएको थियो । जस अनुसार चितवन क्षेत्र नम्वर १ मा राजु शिलवाल, क्षेत्र नम्वर २ मा भरत लामिछाने र क्षेत्र नम्वर ३ मा लाई क्षेत्रीय सभापतिको जिम्मेवारी यस अघिनै दिईसकेको छ ।
काँग्रेस प्रादेशीक संरचना अनुसार आफ्नो क्षेत्र विभाजन गरि जिम्मेवारी दिने दलहरुमा पहिलो दल समेत वनेको छ ।