चितवनः नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियान मार्फत दोस्रो पटक जनताको माँझमा जान लागेको वताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहिको वारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियान मार्फत जान लागेको वताउनु भयो ।
पहिलो चरणमा सामान्य रुपमा कार्यकर्ताहरु माझ मात्रै कुराकानी भएको वताउँदै उहाँले अवको समय भनेको आम जनतामाझ जाने रहेको उहाँको भनाई थियो । मंसिर सम्म संगठन निर्माणका काम सकिए पछि मात्रै महाधिबेशनमा प्रवेश गर्ने भन्दै उहाँले मंसिर अघि १३ औं महाधिवेशनको संगठनलाई संघिय व्यवस्था अनुरुप रुपान्तरणको काम गरिने जानकारी दिनु भयो । वडा तह सम्म समायोजन गर्न कार्तीक मसान्त सम्म लाग्ने उहाँको भनाई थियो ।
केन्द्रको कम्जोरीका कारण नेविसंघ र तरुणदलले पूर्णता पाउन नसकेको उहाँले वताउनु भयो । यसले गर्दा पार्टीलाई नै असर परेको उहाँको टिप्पणी थियो । केन्द्रको हस्तक्षेपका कारण भातृसंस्थाहरु चलायमान हुन नसकेको उहाँले वताउनु भयो ।
अवको महाधिवेशनमा तपाईको उम्मेदवारी हुन्छ भन्ने जिज्ञाशामा सिटौलाले भन्नुभयो “महाधिवेशनको तालिका तयार भए पछि सवै कुरा आउँछ किन हतारीनु पर्यो ।”