चितवनः रेडियो भरतपुर १०५.२ मेगाहर्जको आयोजनामा नगर स्तरिय सेन्ट्रल रमाइलो तिज गित प्रतियोगिता २०७६ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं १७ प्रथम भएको छ । महानगर भित्रका १९ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगिता मा १८ ओटा टिमलाई पछि पार्दै वडा नं १७ प्रथम भएको होे । त्यस्तै उक्त प्रतियोगितामा भरतपुर महानगर पालिका वडा नं ८ द्धित्तिय र वडा नं ७ त्रित्तिय भएको छ । प्रतियोगितामा प्रथम द्धित्तिय र त्रित्तिय हुने वडाले क्रमस ः नगद रु ५० हजार , ४० हजार र ३० हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन । रेडियो भरतपुरका अध्यक्ष तथा प्रवन्ध निर्देशक नविनराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य पार्व्ति रावलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रावलले रेडियो भरतपुर ले महिलाको हकहितका लागि सह्रानिय कार्य गरेको मा खुशि व्यक्त समेत गर्नुभएको थियो । उहांले महिला हकहितका लागि आफु सदैव लागि परेको र आगामि दिनमा समेत महिला हरुको पक्षमा नै रहने समेत स्पस्ट पार्नुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला समन्वय समिति संयोजक कृष्ण कुमार डल्लाकोटि, प्रदेश सांसद कृष्ण भुर्तेल, माइति नेपाल चितवनका संयोजक इश्वर गिरी, चेलि नेपाल चितवनकी कार्यक्रम निर्देशक रनिता श्रेष्ठ लगायतका अतिथि हरुले महिला हरुको हकहितका पक्षमा मन्तव्य राख्नुभएको थियो । रेडियो भरतपुरका स्टेशन प्रमुख माधव सापकोटाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा भरतपुर महानगर भित्रका हजारौ दर्शकले अवलोकन गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरीष्ठ गायक अमर विरही गुरुङ्ग , सरिता श्रेष्ठ , र विजय गुरुङ्ग ले निर्णयकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम लाइ सफल वनाउनका लागि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ्ग प्रा ली , देव विकास वैंक , नारायणी वराह ज्योलरी , सेफ्क्रिट मल्ट्रिपर्पोज सिमेन्ट एड मिक्स्चर सेफ्क्रिट जय श्री गणेश इन्टर प्राइजेज हाकिमचोक , अनमोल फिड प्रा ली , एन के मोटर्स , जस्मिन पेन्टस , विजय पेलेट दाना , स्मल हेवन वोडिङ्ग स्कुल कल्याणपुर ,मौलाकालीका अस्पताल भरतपुर , अनुसा रेस्ट्रो भरतपुर , चौतारी क्याफे भरतपुर ले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !