चितवनः वसको ठक्करवाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा पालुङ्टार नगरपालिका वडा नम्वर १३ निवासी २७ वर्षिय रोशन अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार ना ६ ख ७६८७ नम्वरको वसले अधिकारीलाई आज विहान २ः४० वजे भरतपुर महानगरपालिका वडा नम्वर १ आपटारीमा ठक्कर दिएको थियो । ठक्करवाट अधिकारीको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अधिकारीलाई ठक्कर दिई भागेको वसलाई मकवानपुरवाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । मृतक अधिकारीको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !