चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १२ निवासी तुलसि रेग्मी वजारमा अनदीको चामलको खोजिमा हुनुन्छ । उहाँले तीजमा छोरीहरुलाई खुवाउनका लागि अनदिको चामल खोजी राख्नु भएको रहेछ । वजारमा सहज रुपमा अनदीको चामल नपाए पछि उहाँ निरास वन्दै घर फर्कदै हुनुहुन्थ्या । एक किलोलाई रु २ सय २५ सम्ममा किन्न तयार भए पनि प्रयाप्त मात्रामा पाउन सकीएको छैन । अनदीको चामल ।
तीजको लामो र निराहार व्रतमा भोक नलागोस भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहि आएको छ । दरमा खाने चिज आडिलो भएमा भोलिपल्ट दिनभर नाचगानमा रमाउन सकीने भएकाले दरमा अनतीको चामलको भात (लट्टे) खाने गरिन्छ ।
पहाडी समुदायमा लट्टे वनाउनका लागि प्रयोग गरिने अनदीको धान लगाउने प्रचलन कम हुँदै गए पछि चामलको अभाव हुन थालेको हो । पाईहालेमा पनि महंगो मुल्य तिर्नुपर्ने वाध्यता रहि आएको छ । लामो समय देखि चामल मिल संञ्चालन गर्दै आउनु भएका उद्योग वाणिज्य संघ चितवनका द्धितीय उपाध्यक्ष चिरन्जीवि सुवेदीका अनुसार यस वर्ष अनदीको चामल प्रति केजि रु २ सय २५ मा विक्रि भएको छ । आँफुले प्रयोग गर्न राखेको धानवाट वढि भएर विक्रि गर्नेवाट पाएको थोरै चामल मात्र विक्रि गर्न पाएको सुवेदीले वताउनु भयो ।
उहाँले भन्नुभयो “थोरै थियो किन्न चाहानेलाई पुर्याउन सकीएन ।” हरेक वर्ष चामलको अभाव हुँदै गएको उहाँको भनाई छ । उद्योग वाणिज्य महासंघका प्रदेश नम्वर तीनका उपाध्यक्ष समेत रहनु भएका गौतम खाध्य उद्योगका संञ्चालक राजन गौतम आफ्नो मिलमा अनदीको चामल र धान विक्रि गर्न कोहि नआए पछि वजारवाट खोजेर घरका लागि चामल किन्नु परेको वताउनु हुन्छ । उत्पादन कम हुने र अग्लो हुँदा हावाले ढाल्ने भएकाले धान लगाउने क्रम घटेको उहाँको भनाई छ ।
भरतपुर महानगरपालिका वडा नम्वर ११ मा रहेको वशिष्ठ तेल उद्योगका संञ्चालक कृष्ण भटराई चामल नपाएर विक्रि गर्न नसकेको वताउनु हुन्छ । पोखरावाट आएको चामल सकिए पछि खोज्दा पनि नपाएको उहाँको भनाई छ । ग्राहकहरु आउने क्रम भईरहे पनि चामलको अभावमा फर्कनु परेको उहाँले वताउनु भयो ।
कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख सुधिर श्रेष्ठले अनतीको धान लगाउने क्रम वर्षेनि घट्दै गएको वताउनु भयो । उन्नत जातका धान प्रतिहेक्टर ६ टन सम्म फल्ने भए पनि अनदीको धान मुस्किलले दुई टन फल्ने भएकाले धेरै जमिन हुनेले घरायसी प्रयोजन वाहेक व्यवसायीक प्रयोजनका लागि लगाउन छाडेको उहाँको भनाई छ । जिल्लामा २९ हजार हेक्टरमा धान लगाउने गरिन्छ । जसमा गत आर्थिक वर्षमा ९७ हजार ४ सय ४० मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको छ ।
जसको मुस्किलले २ प्रतिशत मात्र अनदीको धान लगाउने गरेको श्रेष्ठले जानकारी दिनु भयो । त्यो मध्ये पनि धेरै थारु समुदायले चिचर वनाउन प्रयोग गरिने अनदी लगाउने गरिन्छ । लट्टेका लागि रातो अनती प्रयोग हुन्छ भने चिचरका लागि सेतो अनती प्रयोग हुने गर्दछ ।
श्रेष्ठले पुरानो जात भएकाले उत्पादन कम भएकै कारण कृषकले अनतीको धान लगाउन छाडेको वताउनु भयो । पछिल्ला वर्षहरुमा झण्डै एक महिना देखि स्टमित्र, आफन्त, साथीभाई, कार्यालयका महिला कर्मचारीलाई दरको नाममा भोज खुवाउने प्रचलन वढेको छ । जसका लागि अनदीको चामलको माग वढेको भए पनि उत्पादन घटे पछि मूल्य आकाशिएको हो । यस संगै पुष १५ मा पनि लट्टे खाने चलन रहेको छ । अन्य चामलको तुलनामा अनतीको चामलको लट्टे कम वढ्ने भएकाले महंगो चामलको लट्टे थोरै व्यक्तिलाई धेरै आवश्यक पर्ने गर्दछ ।
अनदीको चामलको अभावमा कारण अहिले भारतीय वासमति धानको चामलको व्यवसाय वढ्दो रहेको छ ।

प्रतिक्रिया दिनुहोस !