चितवनः पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सोमवार धरौटीमा रिहा हुनु भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो ११ दिनको हिरासत वसाईले नयाँ अनुभव सिकाएको वताउनु भयो । हिरासत भित्रका गतिविधिहरु पनि जानकारी भएको भन्दै उहाँले अव त्यहाँ परेका व्यक्तिहरुको सत्यतथ्य छानविन गर्न आग्रह गर्ने समेत जानकारी दिनु भयो । हिरासतको वसाईमा सर्वसाधारणलाई कसरी फसाईदो रहेछ भन्ने विषयमा समेत ज्ञान भएको उहाँको भनाई थियो ।
सो क्रममा उहाँले अदालतको आदेश शिरोधार्य गर्दै अगाडी वढ्ने वताउनु भएको छ । यस क्रममा आँफुलाई साथ र सहयोग गर्ने सवै प्रति धन्यवाद दिदै उहाँले भविश्यमा राजनीतिमा लाग्न वाटो नरोकीएको वताउनु भयो ।
लामिछानेले आफ्नो प्राथमिकता पत्रकारीता भएको भन्दै राजनीतिको विकल्प पनि खुला रहेको जनाउनुभयो । उहाँले भन्नुभयो “संञ्चारकर्म वाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार वनाउने पहिलो प्रथामिकता रहेको छ ।” न्याय नपाएका मान्छे जाने कहाँ भन्दै उहाँले हाम्रो खवरदारी अझै शशक्त वन्ने वताउनु भयो ।
अव नेतृत्वलाई निर्वाचन पछि आफ्नो वस्तिमा कस्तो परिवर्तन आयो भन्ने सचेत गराउन आँफुलाई अझै उर्जा मिलेको उहाँको भनाई थियो । आँफुहरु प्रति जनताको विश्वास देखेर उत्साहीत भएको भन्दै उहाँँले भन्नुभयो “सत्य, तथ्य र न्यायको पक्षमा वकालत गरेमा मात्रै पुग्दो रहेछ ।” आँफुलाई न्यायको जरुरत पर्दा सडकमा आएर साथ दिनेहरु प्रति उहाँले आभार व्यक्त गर्नु भयो ।
साउन २० गते नारायणगढको कंगारु होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोवाईलमा मृत्यु अघिको भिडियोमा मर्नुको कारण तीन जना व्यक्ति रहेको आरोप लगाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरि आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेको हो । सो मुद्धाको थुनछेक वहसका क्रममा सोमवार लामिछानेलाई रु ५ लाख , युवराज कंडेललाई रु ३ लाख र अस्मिता भनिने रुकु कार्कीलाई सुद्ध तारेखमा अदालतले छोडेको थियो । उनीहरुको असोज ५ गते तारेख तोकीएको छ । लामिछानेको रिहाईका लागि दिनहुँ प्रदर्शन हुँदै आएको थियो ।