चितवनः पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कंडेलको वयान आज सुरु भएको छ । विहान १० बजे नै प्रहरी कार्यालय चितवनवाट अदालत लगेर वयान शुरु भएको हो । चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरिका अनुसार कंडेलको वयान पछि रवि लामिछानेको वयान सुरु गरिने छ ।
आईतवार सोहि अभियोगमा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्कीको वयान लिईएको थियो । त्यस लगत्तै थुनछेक वहस सुरु हुने उहाँले जानकारी दिनु भयो । वहसका लागि वादिका पक्षवाट तीन जना सरकारी वकिल, जाहेरवालाका तर्फवाट पाँच जना र प्रतिवादिहरुका तर्फवाट पाँच÷पाँच जनाले वहस गर्ने जानकारी आँफुलाई प्राप्त भएको गिरिले वताउनु भयो ।
अन्य कानुन व्यवसायी पनि थपिन सक्ने उहाँको भनाई छ । वयान र वहस कति लामो हुन्छ त्यही आधारमा थुनछेक आदेश आज हुने र नहुने तय हुने छ । पक्राउ परेकाहरुको समर्थनमा आईतवार प्रदर्शन भए पछि आज स्थानीय प्रशासनले अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरि पाँच जना भन्दा वढि हिडडुल गर्न रोक लगाएको छ ।
कडा सुरक्षा व्यवस्था वावजुत विभिन्न चोकहरुमा समर्थकहरु जम्मा हुने क्रम सुरु भएको छ । मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरु विरुद्ध अदालतमा मुद्धा दर्ता गरिएको हो । प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ । साउन २० गते नारायणगढको एक होटलमा पुडासैनीको झुण्डीएको अवस्थामा शव भेटिएको थियो ।
उनको मोवाईलमा मृत्यु अघिको भिडियोमा मर्नुको कारण तीन जना व्यक्ति रहेको आरोप लगाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरि आत्महत्या दुरुत्साहन कसुरमा हिजोमात्रै मुद्धा दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस !