चितवनः पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनवाट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । मृत्यु अघि उनले रेकड गरेको भिडियोमा केहि मानिसहरुका कारण आँफु आत्महत्या गर्न लागेको उल्लेख भएको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर मल्लका अनुसार उनको मोवाईलमा रेकड गरिएका दुई वटा करिव ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोहि आधारमा अनुसन्धान भईरहेको मल्लले जानकारी दिनु भयो । उहाँका अनुसार निज पुडासैनीको साथवाट डिप्रेसनको औषधि समेत फेला परेको छ ।
विगत केहि समय यता उनले औषधि समेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेर्नु भएका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य एवं मृतकका छिमेकी दिपक पुडासैनीका अनुसार भिडियोमा दुई जना संञ्चार कर्मी र एक महिलाका कारण आँफुले आत्महत्या गर्न लागेको जनाईएको छ । पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पतीको वारेमा जानकारी दिएर परिवार संग मिलेर वस्न आग्रह गरेको वताउनु भयो ।
सोहि भिडियोको आधारमा प्रहरी अनुसन्धान गर्नु पर्ने पुडासैनीको भनाई छ । भिडियो पाउनु अघि हत्या गरिएको आशंका गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्यका लागि दुरुत्साहन गरेको देखिए संगै आँफुहरुले शव वुझेर काठमाडौं लगेको उहाँले वताउनु भयो । आज अन्तेष्टि संगै कानुनी परामर्श गरेर अघि वढ्ने मृतकका दाजु समेत पर्ने पुडासैनीले वताउनु भयो ।
घटनाको शुष्म अध्ययन भईरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुसन्धान प्रभावित हुने भएकाले सवै कुरा भन्न नमिल्ले प्रहरी प्रमुख मल्लले जानकारी दिनु भयो । पुडासैनीको शव राती काठमाडौं लगिएको हो । उनी सोमवार चितवनको नारायणगढस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
दुई महिना अघिसम्म न्यूज २४ मा कार्यरत पत्रकार पुडासैनी केहीदिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।
प्रहरीले यस घटनाको विषयमा सुचना गोप्य राखेको छ । कुनै पनि सुचना अपराध अनुसन्धानका क्रममा गोप्य राखिनु पर्ने भन्दै प्रहरीले सुचना गोप्य राख्दै गर्दा पनि पुडासैनीका परिवारहरुले भने यसलाई वाहिर याएका छन् । भिडियो भेटिएको कुरा अझै पनि प्रहरीले भन्न सकीरहेको छैन ।
वडा सदस्य समेत रहेका उनका छिमेकी पुडासैनीले भने अव आँफुहरुले न्याय माग्ने वताउनु भएको छ । न्याय माग गर्दा समस्या आउने देखिए त्यहि भिडियोलाई आधार वनाई कानुनी प्रकृयामा अघि वढ्ने उहाँले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !