चितवनः शिक्षाका लागि राष्ट्रिय अभियान–नेपाल (एन.सिं.इ.) जिल्ला शाखा चितवनको तेस्रो अधिवेशनले रामचन्द्र अचार्यको नेतृत्वमा सात सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
एन.सि.ई नेपालका केन्द्रीय सदस्य प्रकाश शिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपालका कार्यक्रम व्यवस्थापक राम गैरेले संस्थाको गतिविधि र भावि योजनाका वारेमा जानकारी दिनु भएको थियो । दियालो परिवारका कार्यकारी निर्देशक राजगोबिन्द शिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव नियुक्त सचिव कमलराज खनालले चितवन जिल्लामा रहेर सार्वजनिक शिक्षाको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुलाई अभियानमा आबद्ध गराउन बिशेष पहल गर्नु पर्ने वताउनु भयो । जसका लागि यही साउन मसान्त भित्र नविकरणका लागि संस्थाहरुलाई आव्हान गर्नुपर्ने उहाँको भनाई थियो ।
आगामि ३ वर्षको लागि शिक्षाका लागि राष्ट्रिय अभियान–नेपाल जिल्ला शाखा चितवन गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !