चितवनः प्रदेश सांसदको नेतृत्वमा लगाईएको आगजनिमा संलङ् भएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रत्ननगरको गणेश चोकका कुल प्रसाद लामिछाने र खैरहनीका श्रीप्रसाद घिमिरे रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङ्मा रहेको सडक वोडको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोडको अभियोगमा प्रहरीले उनिहरुलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार घटनाका समयमा लिईएको तस्विर र भिडियोको आधारमा लामिछानेलाई पक्राउ गरिएको हो । भिडियोमा भएको तस्विरको आधारमा पहिचान खुलेका अन्य पाँच जनाको खोजि भइरहेको उहाँले बताउनुभयो ।
घटनामा ३० जना संम्लङ्न भएको देखिएको प्रहरीले जनाएको छ । रेग्मीले ती तस्विरलाई भिडाएर नाम पहिचान गरि दोसीहरुलाई नियन्त्रणमा लिईने बताउनु भयो । घटना भएकै दिन प्रहरीले रेष्टुरेन्ट एण्ड वार एसोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरिलाई पक्राउ गरेको थियो ।
संकलन केन्द्रमा आगजनी, तोडफोड संगै रकम लुटिएको भन्दै सडक दस्तुर संकलनको ठेक्का पाएको व्रिटानीक मौलाकालिका कन्ट्रक्सन प्रा. ली.ले गिरि सहित उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सीना सहितको बिरुद्धमा प्रहरीमा उजुरी दर्ता गरेको छ ।
सो कम्पनिका अध्यक्ष अमृत भट्टचनले करिब रु ४ लाख नगद समेत लुटिएको भन्दै आगजनी, लुटपाट र तोडफोडको बिरुद्धमा उजुरी दर्ता गरेको बताउनु भयो । प्रदेश सभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरिक्षक कल्पना खड्का जलेर गम्भिर घाईते हुनु भएको छ । खड्काको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।
केन्द्र हटाउनु पर्ने माग गर्दै आएका पूर्बी चितवनका सर्वसाधारणले पेट्रोल छर्किएर दस्तुर संकलन केन्द्रमा आगजनी गरेका थिए । सो क्रममा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष र प्रदेश सांसद कृष्ण खनाल समेत सोहि स्थनमा रहेर निर्देशन दिएको आरोप छ । अन्य दोसिको खोजि कार्य जारी रहेको छ ।