रत्ननगरः विश्व रेडक्रस दिवसका दिन बुधवार विद्यार्थीहरुले रत्ननगरमा सरसफाई गरेका छन । युवा रेडक्रस सर्कल अन्नपूर्ण शिशु निकेतनमा अध्ययनरत विद्यार्थीहरुले विद्यालय र अनामनगर टोली विकास संस्थाको सेवा क्षेत्र भित्र सरसफाई गरेका हुन ।
विद्यार्थी,शिक्षक र टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको टोलीले सडकका जथाभावी फालेका प्लाष्टिक,सिसा,बोरा लगायतका सामाग्रीहरु संकलन गरी नगरपालिकाको डम्पिङ साइडमा पठाएको शिक्षक नायक लीला अधिकारीले जानकारी दिनुभयो । रत्ननगर रेडक्रसका सभापति गोविन्द श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रम युवा रेडक्रस सर्कलकी अध्यक्ष दिप्सना अधिकारीको अध्यक्षतामा भएको थियो ।