चितवन स् सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज देखि सडक सुरक्षा सप्ताह २०७६ सुरु गरेको छ । कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहका बिच उद्घाटन गर्नु भयो ।
कार्यक्रमको उद्घाटन गर्दै दाहालले सडक दुर्घटना न्यूनिकरणमा साता व्यापि कार्यक्रमले टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो । साता व्यापि कार्यक्रमले दुर्घटना न्यूनिकरण गर्दै सडक व्यवस्थापनमा टेवा पुग्ने उहाँको भनाई थियो । जिल्लामा सवारी साधनको वढ्दो चाप संगै दुर्घटना पनि वढेको बताउँदै उहाँले चापलाई व्यवस्थापन गर्नु महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भयो ।
दाहालले कार्यक्रमको रिबन काटेर उद्घाटन गर्नु भएको थियो । सप्ताहाको पहिलो दिन आज नारायणगढको पुलचोक देखि चौबिसकोठी सम्म सरसफाई, २४ गते दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना र्याली, २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक परिचालकलाई स्वास्थ्य प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडा स्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसंग अन्तरक्रिया, २८ गते दुर्घटनामा परि मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन समारोह रहेका कार्यालयका प्रहरी नायव निरिक्षक कृष्ण वहादुर ज्यूठकुरीले जानकारी दिनु भयो ।