काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ परीक्षण गरिएकोमा २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेकाे छ ।
यस्तै नेपालमा सक्रिय संक्रमित २२ हजार २ सय १९ पुगेको छ छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् । यससंगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसाअर कोरोनाबाट देशभर थप सात जनाको ज्यान गएको छ । यस सँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।






