बुटवलः बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरका ८० वर्षीय पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हो ।
१२ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।
उच्च रक्तचापका दीर्घरोगी रहेका उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमले जानकारी दिनुभयो।






