चितवनः जिल्लामा उपचारका क्रममा थप एक जना मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ का ८४ वर्षीय पुरुष रहेको कलेजले जनाएको छ ।
मृगौलाको समस्याका कारण कलेजमा यहि असोज ७ गते भर्ना भएका उनमा असोज ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज दिउँसो ५ः२० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै आज विहान भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का एक पुरुषको मृत्यु भएको थियो ।






