चितवनः रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ २८ गते नमुना संङ्कलन गरि भरतपुर १९ कोभिड प्रयोगशालामा पठाईएकोमा विहिबार राती आएको नतिजामा उहाँको सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं गएर फर्किए पछि असजिलो महशुश भई स्वाद हराए पछि आँफुले परिक्षण गरेको वनले वताउनुभयो । स्वाब सङ्कलन गर्न दिए पछि आँफु घरकै छुट्टै कोठामा बसेको र अहिले कुनै समस्या नआएको उहाँको भनाई । कुनै समस्या नभएकाले घरकौ आईसोलेसनमा बस्ने वनले बताउनुभयो । ढिलागरि नतिजा आउँदा समस्या भएको वनको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस !