राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिका सदस्यहरू चयनका लागि भएको निर्वाचनको पूर्ण परिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार इलेक्ट्रोनिक र प्रवास अनलाइन मतदान प्रणालीमार्फत कुल ९९ जना केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन्।
पार्टीको नयाँ कार्यसमिति समावेशी र प्रादेशिक सन्तुलन कायम हुने गरी चयन गरिएको छ, जसमा राष्ट्रिय खुला समूह, विभिन्न क्लस्टर (खसरआर्य, आदिवासी जनजाति, थारु, मधेसी, दलित, मुस्लिम) र सातै प्रदेशबाट प्रतिनिधिहरू निर्वाचित भएका छन्।
निर्वाचन परिणाम अनुसार खुला समूहतर्फ डा। स्वर्णिम वाग्ले सबैभन्दा अग्रस्थानमा रहँदै विजयी हुनुभएको छ भने सोविता गौतम र शिशिर खनाल क्रमशः दोस्रो र तेस्रो स्थानमा निर्वाचित हुनुभएको छ।
निर्वाचित केन्द्रीय सदस्यहरूको पूर्ण नामावली सूची:
राष्ट्रिय खुला समूह (३२ जना)
डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु दर्शना, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य, रमेश प्रसाईं, विराज भक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समिक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम साह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी, लिमा अधिकारी आचार्य।
खस र आर्य समूह (१० जना)
पुरुष तर्फ: सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लिश्वोर कार्की ’रोहन’।
महिला तर्फ : प्रकृति ढकाल, टिका संग्रौला ’ज्वाला’, क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशिला कार्की पोखरेल।
आदिवासी र जनजाति समूह (९ जना)
पुरुष तर्फ: मिलन लिम्बु, शकर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ।
महिला तर्फ: आशिका तामाङ्ग, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, कुशुम महर्जन।
थारु, मधेशी, दलित र मुस्लिम समूह (१३ जना)
थारु:करिष्मा कठरिया, अशोक कुमार चौधरी ।
मधेशी: बब्लु गुप्ता, अरविन्द साह, दिपक कुमार साह, जुली यादव, कामिनी कुमारी चौधरी।
दलित:विजय जैरु, शिव नेपाली, सबिना वि.क., खिमा बि.क.।
मुस्लिम: समिना मिया, रहबर अन्सारी।
प्रादेशिक समूह (३५ जना – प्रत्येक प्रदेशबाट ५र५ जना)
कोशी प्रदेश: निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा, सुजाता तामाङ ।
मधेश प्रदेश:सुस्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह, अंकित कुमार यादव ।
बागमती प्रदेश: प्रभा ढकाल, विदुशी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा ।
गण्डकी प्रदेश: पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, विष्णु कुमारी गुरुङ ’एकता’ ।
लुम्बिनी प्रदेश: कल्पना पाण्डे, संगिता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक, सर्मिला खनाल ।
कर्णाली प्रदेश: सिता बादी, विनिता कठायत, टासी ल्हाङजोम, मेनुका शाही, प्रकाश न्यौपाने ।
सुदूरपश्चिम प्रदेश: हेमराज थापा, के. पी. खनाल, दीपक राज बोहरा, जानीका जोशी, चन्द्रा ऐर चाँदनी ।






