मन्थली । रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् ।
पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताउनुभयो ।
माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्र्यौली पेसा हो । पछिल्लो समय नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुख्र्यौली पेसा सङ्कटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ ।
भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको थियो । यसरी युवाले चासो राखेमा माझी समुदायको भाषा र संस्कृति जोगाउन सहज हुने स्थानीय जङ्गवीर माझी बताउनुहुन्छ ।






