चितवनः सप्लायर्सहरुले आफु खुशि अण्डाको मूल्य तय गर्न नपाउने भन्दै अण्डा उत्पादक संघले भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन् । अण्डा उत्पादक संघले तोकेको मूल्य भन्दा कम मूल्य राखि सप्लायर्सहरुले खरिद गर्ने गरेको र बिक्रि गर्ने क्रममा महंगो मूल्यमा बिक्रि गरेको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय अगाडी रहेको गेष्टहाउस चौरबाट सुरु भएको बिरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको अनुगमन समितिको सदस्य नेत्रराज हमालले जानकारी दिनुभयो । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फालेको अण्डा उत्पादक संघका केन्द्रिय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले बिचौलीया आफैले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँच जना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिनुभयो ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसर अगाडी गेष्टहाउस चौरबाट चोविसकोठीसम्म नाराबाजी गर्दै ¥याली समेत निकालेका थिए । उनिहरुले किसान मारा विचौलिया मुर्दाबाद, अण्डा उत्पादक किसान माथिको हस्तक्षेप बन्द गर, देशभरिबाट गिरफ्तार किसानहरु तुरुन्त रिहा गर लगाएतका नारा लगाएका थिए । चितवनमा करिब ४ सय जना अण्डा उत्पादक किसान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !