चितवनः भरतपुर महानगरपालिका वडा नम्वर ५ कैलाशनगरमा रहेको चितवन मेडीकल कलेजको आवास क्षेत्रमा वसोबास गर्ने विद्यार्थीहरु आवास क्षेत्राट वाहिरीएका छन् । कलेजको परिसरमा आज दिउँसो बेबारिसे पेस्तोल भेटिएपछि सशङ्कीत विद्यार्थीहरु साँझ ८ः३० वजे कलेजको प्रवेश गेटमा लगाइृएको ताला तोडी वाहिर निस्किएका हुन ।
कलेज परिषरमा पेस्तोल सहित गोली भेटिए पछि प्रहरीले साँझ आवास क्षेत्रको खानतलासी गर्ने तयारी गरेको थियो । प्रहरीले खानतलाशि गर्ने तयारी रेपछि विद्यार्थीहरुको विरोधका कारण आज खानतलाशि रोकेको थियो । खानतलासीको काम रोकेर प्रहरी फसर्किए पछि विद्यार्थीहरु कलेजको आवास क्षेत्र छोडेर नारायणगढ तर्फ लागेका हुन ।
कलेजको मुल ढोकामा लगाईएको ताला तोडेर विद्यार्थीहरु वाहिर निस्किएको स्थानीयले जानकारी दिएका छन् । आवास क्षेत्रमा रहेका २ दुई सय विद्यार्थी वाहिरीएका हुन् ।
बढि लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भए पछि पठनपाठन ठप्प भएको चितवन मेडीकल कलेज परिसरमा बेबारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लका अनुसार अमेरीकामा निर्मित नाईन एमएम को अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो । त्यस संगै थ्रि नट थ्रिको सात राउण्ड खालि खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाईन एमएमको गोली वरामत गरिएको उहाँले जानकारी दिनुभयो ।
आज दिउँसो ३ ः ३० वजे पेस्तोल सहितका गोली भेटाएको हो । कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको थियो । मल्लले पेस्तोल र गोलीका विषयमा अध्ययन सुरु गरिएको वताउनुभयो । अध्ययनका क्रममा प्रहरीले चार जना सुरक्षा गाडलाई नियन्त्रर्णमा लिएको छ ।
कलेजले शुल्क वढि लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले माग संगै आन्दोलन गरे पछि भदौ ५ गतेबाट कलेजको पठनपाठन प्रभावित भएको छ । दशैं पछि एक साता पढाई भए पनि सो पश्चात शैक्षिक कार्यक्रम ठप्प रहेको छ । यध्यपि आवास भने खुल्ला रहेको कलेजले जनाएको छ । कलेज परिसरमै आवास रहेको छ । आवास नजिकै पेस्तोल र गोली फेला परेको हो । आवासमा दुई सय विद्यार्थी वसोवास गर्छन ।






