चितवनः जिल्लामा हाल सम्म १० हजार ७ सय १५ जनाले राष्ट्रिय परिचय पत्र वनाएका छन् । गत असार १९ गतेबाट यहाँ परिचयपत्र वनाउने कार्य सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिम्खडाका अनुसार अहिले दैनिक नागरिकता वनाउन आउनेहरुलाई राष्ट्रिय परिचय पत्र समेत वनाउन लगाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवन स्थापना भए यता जिल्लावाट ५ लाख ६८ हजार २७ जनाले नागरिकता लिएका छन् ।
ती सवैलाई राष्ट्रिय परिचय पत्र निर्माणका लागि प्रशासन कार्यालयले आग्रह गरेको उहाँले जानकारी दिनुभयो । सरकारले फोटो सहितको बायोमेट्रिक स्मार्टकाड प्रयोग गर्नका लागि परिचय पत्र निर्माणको काम सुरु गरेको हो । व्याक्तिको राष्ट्रिय पहिचानको प्रमाणपत्रको रुपमा, मतदाता परिचय पत्रको रुपमा, जग्गा जमिन र अन्य सम्पत्तीको अभिलेख राख्न, सामाजिक सुरक्षा काडको रुपमा यो परिचय पत्र अघि सारिएको हो । व्यक्तिगत विवरण सहित दश वटै औलाको औठा छाप, फोटो हुने भएकाले अन्य समाग्री वोकीराख्नुपर्ने झन्झट नहुने उहाँले जानकारी दिनुभयो ।






