चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ७ सय ५९ जनाको पिसिआर परिक्षण गरिएकोमा २९२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यस्तै १ सय ४० जनामा गरिउको एन्टिजिन परिक्षणमा ८१ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लामा हाल १ हजार ४ सय ८९ जनामा सक्रिय संक्रमण रहेको छ । ती मध्ये ४६ जना बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य होम आइसोलेसनमा रहेका छन् ।






