काठमाडौं,३ माघ । पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो। मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।






