चितवनः जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या वढ्दो क्रममा रहेको छ । कात्र्तिक देखि घट्दै गएको कोरोना संक्रमण पुसको अन्तिम साता आएर वढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परिक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४ सय ५८ जनाको परिक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमण देखिएको हो । पुसको तेस्रो साता सम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परिक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमण देखिनेमा भरतपुर महानगरपालिकाका २९ जना, रत्ननगर नगरपालिकामा ५ जना, माडी र राप्ती नगरपालिकामा ३÷३ जना र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ सय १९ जना रहेको छ । जस मध्य ७ जना होम आइसोलेसनमा र १ सय १२ जना होम आइसोलेसनमा रहेका छन् । यस अघिका दिनहरुमा संक्रमितको संख्या कम थियो । पुस २४ गते एक जनामा संक्रमण देखिएको थियो । २३ गते ११ जना, २२ गते ९ जना, १८ गते १२ जना, १२ गते ६ जना, पुस १ गते ५ जनामा संक्रमण देखिएको थियो । एकाएक यो संख्या वढेको हो ।

चालु आर्थिक वर्षको तथ्याङ्क हेर्नेहो भने जिल्लामा साउन ७ गते २ सय ५५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । साउनको महिना दैनिक २ सय हाराहारीमा कोरोना सङ्क्रमण देखिएकोमा भदौमा यो संख्या घटेर एक सयको हाराहारीमा आएको थियो । यस्तै असोज÷कात्र्तिकमा ५० को हाराहारीमा रहेको कोरोना संक्रमण मंसिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । यसरी घट्दै गएको सङ्क्रमणको रेसियो अहिले आएर फेरी वढ्न थालेको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “एक साता पछि कोरोना संक्रमणदर उच्च वन्ने खतरा छ ।” सबैलाई स्वास्थ्य मापदण्डको पालना गरि काम गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !