चितवनः नेकपा एमाले चितवनको १० औं जिल्ला अधिबेशन अनिश्चित कालका लागि स्थगित भएको छ । आज एक बिज्ञप्ति जारी गदैं अर्को सूचना जारी नभए सम्म जिल्ला अधिबेशन स्थागित गरिएको हो ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट “ओमिक्रोन”को संक्रमण वढ्दै गएको सन्दर्भमा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले सार्बजनिक स्थलमा २५ जना भन्दा वढि जम्मा नहुने गरेको सूचनालाई आधार मान्दै जिल्ला अधिबेशन हाललाई स्थागित गरिएको हो । जिल्ला अध्यक्ष पार्वती रावलद्धारा जारी विज्ञप्तिमा सिसिएमसीले गृहमन्त्रालयलाई सिफारीस गरे संगै आम पार्टी कार्यकर्ता एबं सर्बसाधारणलाई पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला अधिबेशनको निर्वाचन कार्यक्रम हाललाई स्थागित गरिएको जनाईएको छ ।
नेकपा एमाले चितवनको १० औं जिल्ला अधिबेशन २४ गते शनिबार उद्घाटन भएको थियो । नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिबेशनहरुको उद्घाटन गर्नु भएको थियो ।






